संगठनात्मक संरचनामा फर्कनुहोस्
मूल विभाग

सूचना प्रविधि शाखा

कार्य विवरण

(क) कार्यालयमा स्थापित सूचना प्रविधिका पूर्वाधार, उपकरणहरूको व्यवस्थापन र नियमित राख्न प्राविधिक सहयोग प्रदान गर्ने।

(ख) स्थानीय तहका प्रणाली (website, software, system, application) को नियमित सञ्चालन र अध्यावधिक गर्ने र सहि अभिलेख तथा प्रतिवेदन तयार पार्न आवश्यक सहयोग पुऱ्याउने।

(ग) स्थानीय सेवा प्रवाहलाई सूचना प्रविधिको प्रयोग मार्फत सहज र छिटो प्रवाह गर्न स्थानीय तह सूचना प्रविधि मैत्री बनाउने, आवश्यक प्रणाली तथा पूर्वाधारको विकास र उद्देश्य अनुरूप सञ्चालन भएको सुनिश्चित गर्न सहयोग गर्ने।

(घ) स्थानीय तहबाट तयार हुने प्रणाली, पूर्वाधार, नीति तथा रणनीति र सम्बन्धित गतिविधिहरूको संघ तथा प्रदेश सरकारका प्रणाली, पूर्वाधार, नीति तथा रणनीतिहरूसँग अन्तरआबद्धता, समन्वय र सामंजस्यता सुनिश्चित गर्ने।

(ङ) स्थानीय तहबाट तयार हुने प्रणाली, पूर्वाधार, निति तथा रणनीति र सम्बन्धित गतिविधि सञ्चालन गर्दा तोकिएका मापदण्ड, नयम तथा कानून र आचार संहिताको पूर्ण पालना गर्नुपर्ने।

(च) संघ तथा प्रदेश सरकारले माग गरेका सूचना, तथ्याङ्क तथा विवरण स्थानीय तहको सम्बन्धित शाखा/ पदाधिकारीसँगको समन्वयमा अध्यावधिक विवरण समयमा नै उपलब्ध गराउने।

(छ) सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित राष्ट्रिय नीतिहरूको अध्ययन, नबिन सोच र प्रणालीहरू विकास तथा प्रयोगको खोज गर्ने र स्थानीय आवश्यकता अनुसार स्थानीयकरण गर्न सहयोग गर्ने।

(ज) श्रोत नक्शाङ्कनलाई डिजिटाईजेसन, डिजिटल प्रोफाइल तयारी तथा अध्यावधिक गर्नमा सहयोग गर्ने र सेवा प्रवाहमा प्रयोग बढाउने।

(झ) स्थानीय तहमा सूचना प्रविधि क्षेत्रमा आवश्यक रहेका गतिविधिहरू सहित वार्षिक ICT योजना तयार गर्न सहयोग गर्ने।

(ञ) विद्युतीय शासन स्थापनाका लागि आवश्यक उपकरण र उपायहरूको अध्ययन गरी स्थानीय तह र वडा स्तरमामा स्थापना गर्न सहयोग गर्दै समुदाय स्तरमा सूचना प्रविधिको पहुँच "कनेक्टिभिटी" स्थापना गर्न सहयोग गर्ने।

(ट) स्थानीय तहका सबै कर्मचारीलाई विद्युतीय शासन, सूचना तथा सञ्चार प्रविधि सम्बन्धी तालिम र अभिमुखिकरण कार्यक्रम संचालन गर्न सहजिकरण गर्ने।

(ठ) स्थानीय तहमा सूचना प्रविधिसँग सम्बन्धित कर्मचारीलाई ICT सम्बन्धी ज्ञान तथा नियमित सीप हस्तान्तरण गर्ने।

(द) कार्यालयका कर्मचारी र सेवाग्राहीका सूचना प्रविधिसँग सम्बन्धित प्राविधिक समस्याहरू समाधान गर्न मद्दत गर्ने।

(ढ) स्थानीय तहका बजेट, योजना, राजस्व, अनुगमन, खरिद लागतका क्षेत्रमा सूचना प्रविधिको प्रयोग गरी कार्यसम्पादनमा सहजिकरण गर्ने,

(ण) कानूनबमोजिम सार्वजनिक गर्नु पर्ने (open data) आवश्यक विवरण संकलन र अध्यावधिक गरी स्थानीय तहको Website लगायत उपयुक्त माध्यमबाट सार्वजनिक रूपमा संप्रेषण गर्ने।

(त) स्थानीय तह को ICT status/system को नियमित अडिट गर्ने र सुरक्षा (security) को उचित प्रबन्ध मिलाउने।

(थ) एकीकृत सेवा केन्द्र तथा सूचना केन्द्रहरूको स्थापना र संचालनमा सहयोग गर्ने।

(द) स्थानीय तहमा भएका असल अभ्यास तथा सूचनालाई नियमित र व्यवस्थित तवरले प्रकाशित गर्ने।

(ध) प्रमुख प्रशासकीय अधिकृतले तोकेको सूचना प्रविधि सम्बन्धित अन्य कार्यहरू गर्ने